Wednesday, June 3

गण्डकीका मुख्यमन्त्री पाण्डेले जेठ २८ विश्वासको मत लिने

नेपालअखबार ,पोखरा ।  गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिने भएपछि गण्डकी प्रदेशसभा बैठक डाकिएको छ । अगामी जेठ २८ गते ३ बजे बैठक डाकिएको संसद् सचिवालयले जनाएको छ ।पाण्डेले विश्वासको मतका लागि बैठक डाकिदिन सभामुखलाई पत्र पठाएका थिए । पत्र सचिवालयमा दर्ता भैसकेको सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए ।

Advertisement