Tuesday, July 21

फेवातालमा डुंगा दौड प्रतियोगिता हुँदै

नेपालअखबार ,पोखरा । फेवा डुंगा व्यवसायी संगठनले फेवातालमा डुंगा दौड प्रतियोगिता हुने भएको छ।

Advertisement

संगठनको ३० औं स्थापना दिवसका अवसरमा डुंगा दौड प्रतियोगिता एवं एक दिने उत्सव आयोजना गरिन लागेको संगठनका अध्यक्ष बलराम गिरीले जानकारी दिए।

Advertisement
Advertisement

उक्त प्रतियोगिता जेठ ३१ गते हुनेछ भने मेला र प्रतियोगिताले पोखराको पर्यटन प्रवर्द्धन हुने आयोजकले बताएको छ। डुंगा दौड प्रतियोगितामा ४० टिमले सहभागिता जनाउने संस्थाका सचिव शिव जिसीले बताए। महिला र पुरूषको छुट्टाछुट्टै टिम रहने उनले बताए। प्रतियोगितामा सहभागी हुने टिममा ३ जना हुनु पर्नेछ भने काठकै डुंगा मात्र प्रयोग गर्नु पाइने छ। यस्तै प्रति टिम ३ सय रुपैयाँ दर्ता शुल्क तोकिएको छ। प्रतियोगितामा स्वदेशी तथा विदेशी सबै खेलाडी र पर्यटकले पनि भाग लिन पाउने छन्।

Advertisement

अध्यक्ष गिरीका अनुसार सहभागीको आफ्नो डुंगा नभए आयोजकले व्यवस्था गर्ने छ। प्रतियोगिामा पुरूष टीमले २१ सय मिटर र महिला टिमले १५ सय मिटरमा प्रतिस्पर्धा गर्नुपर्नेछ।  प्रतियोगितामा प्रथम हुनेले ३० हजार र द्वितीय हुनेले २० हजार र  तृतीय हुनेले १० हजार रुपैयाँ पुरस्कार पाउने छन्।

यस्तै, महिलातर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गर्ने छन्।

प्रतियोगिता सम्पन्न गर्नका लागि करिक २ लाख ४० हजार रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ। प्रतियोगिताबाट बचत भएको रकम फेवातालको सरसफाइमा खर्च गरिने उनले बताए।