Tuesday, July 21

मधेसमा पुरानै गठबन्धनमा बस्नुस्, मुख्यमन्त्री लिनुस्  भनियो : अध्यक्ष माधव नेपाल

नेपालअखबार ,काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मधेसको मुख्यमन्त्री दिन्छौं आउनुपर्‍यो भनेर पटकपटक फोन आएको बताएका छन्।

Advertisement

शनिबार एकीकृत समाजवादी पार्टीको कोशी कमिटीले गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले पटकपटक मुख्यमन्त्री दिन्छौं पूरानै गठबन्धनमा आउनपर्‍यो भनेर फोन आएपनि आफूले इन्कार गरेको बताएका हुन्।

Advertisement
Advertisement

‘मधेस प्रदेशमा हामीलाई मुख्यमन्त्री दिन प्रस्ताव आयो । यही पुरानै गठबन्धनमा बस्नुस्, मुख्यमन्त्री लिनुस्  भनियो । बिहान पनि त्यही फोन, बेलुका पनि त्यही फोन आउँछ । अहिले यसो गर्नु उचित हुँदैन भन्ने हामीले सोच्यौँ,’ उनले भने।

Advertisement

केन्द्रमा एउटा र प्रदेशमा अर्को सरकारमा बस्नु उपयुक्त नहुने पनि नेपालले बताए।

एकीकृत समाजवादी संघमा बनेको गठबन्धनमै बस्नुपर्ने अवस्था रहेको र प्रधानमन्त्री पुष्पकमल दाहालले सकारात्मक भूमिका खेलेको उनको भनाइ छ। सुदूरपश्चिममा मन्त्री दिनेकुरादेखि मधेसमा एकजना मन्त्री थप्ने र बागमतीमा मन्त्रीलाई जिम्मेवारी दिने कुरामा प्रधानमन्त्रीको भूमिका सकारात्मक रहेको नेपालले बताए।

यहि कुरा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भन्दा भित्रभित्रै मुर्मुरिएको नेपालले बताए।

‘मैले केपी ओली कमरेडसँगको भेटमा भनेको थिएँ । ल हेर्नुस्, प्रचण्डजीको भूमिका पोजेटिभ छ, तपाईंको पनि यस्तै पोजेटिभ हुनुपर्छ । उहाँ सुनेर बस्नुहुँदो रहेछ ज्यादा, चित्त नबुझेर होला, भित्रभित्रै मुर्मुरिएर पनि होला। मुर्मुरिने काम गर्नु हुँदैन,’ उनले भने।

उनले विगतको कुरा छोडेर कुनै समीक्षा नगर्दा पनि एमालेसँग तत्काल एकताको सम्भावना नरहेको बताएका हुन्।

अध्यक्ष नेपालले समाजवादी मोर्चाको पुनःगठन गरेर अघि बढ्ने सोच आफूहरुको रहेको र सोहीअनुसार अघि बढिरहेको पनि जानकारी दिए।