Wednesday, July 29

जसपा विभाजन मुद्दा पूर्ण इजलासमा पठाउन सर्वोच्चको आदेश

नेपालअखबार, काठमाडौँ ।जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएको मुद्दामा सर्वोच्च अदालतले पूर्ण इजलासमा पेस गर्न आदेश दिएको छ।

Advertisement

आइतबार न्यायाधीशहरू हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासले यस मुद्दालाई पूर्ण इजलासमा पेस गर्न आदेश दिएको हो।

Advertisement
Advertisement

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट छुट्टिएर अशोक राई सहित ७ जना सांसदले वैशाख २३ गते अर्को दल दर्ता गरेका थिए। उनीहरूले उक्त पार्टीको नाम जनता समाजवादी पार्टी नै राखेका छन्।

Advertisement

निर्वाचन आयोगले उक्त दललाई मान्यता दिँदै वैशाख २४ गते दल दर्ता गरेसँगै यादवले सांसदहरू र आयोगलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

त्यस्तै जेठ ७ गते प्रधानमन्त्री पुष्‍पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएका थिए।