Monday, July 27

मोटरसाइकल दुर्घटनामा प्रहरीका असई र सहायक हवलदारको मृत्यु

नेपालअखबार,।सिन्धुली सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक निरीक्षक (असई) र सहायक हवलदारको मृत्यु भएको छ।

Advertisement

शनिबार अपराह्न ४ बजे सिन्धुलीको फिकल गाउँपालिका-५ झगडेवेसीस्थित भित्री सडकमा दुई प्रहरी सवार प्रदेश ३-०२-००१ ब ४७९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा असई रविन्द्र कुमार ठाकुर र सहायक हवलदार सूर्यकुमार श्रेष्ठ गम्भीर घाइते भएका थिए।

Advertisement
Advertisement

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी प्रहरी निरीक्षक केशव कुमार कटुवालका अनुसार गम्भीर घाइते भएका उनीहरूलाई खुर्कोटस्थित सुनकोशी सामुदायिक अस्पताल लगिएको थियो।

Advertisement

अस्पताल पुर्‍याउनेबित्तिकै असई ठाकुरलाई चिकित्सकले मृत घोषणा गरेका थिए। सहायक हवलदारलाई भने हेलिकप्टरबाट काठमाडौं ल्याइ प्रहरी अस्पताल पुर्‍याइएकोमा उनलाई पनि चिकित्सकले मृत घोषणा गरेको इन्सपेक्टर कटुवालले जानकारी दिए।

आइतबार अपराह्न उनीहरू गस्ती गरेर प्रहरी चौकी रत्नावती फर्कँदै थिए।