Tuesday, July 28

प्रतिनिधि सभाको बैठक आज बस्दै

नेपालअखबार, काठमाडौं ।संघीय संसद्अन्तर्गत् प्रतिनिधि सभाको बैठक शुक्रबार बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा आज पनि विनियोजन विधेयकमाथि छलफल हुनेछ।

Advertisement

सरकारले गत जेठ १५ गते १८ खर्ब ६० अर्बको बजेट प्रस्तुत गरेको थियो।

Advertisement
Advertisement

त्यसअन्तर्गत् शुक्रबार पनि विभिन्न मन्त्रालयको बजेटमाथि सांसदहरूले छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ।

Advertisement

आज वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सँस्कृति; पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको बजेटमाथि छलफल हुनेछ।