Friday, July 10

पहिरो पन्छाइएपछि नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

नेपालअखबार, काठमाडौँ । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ।

Advertisement

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार  उक्त सडक खण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा गए राति साढे १ बजेदेखि सडक अवरुद्ध भएको थियो।

Advertisement
Advertisement

पहिरो पन्छाएसँगै अवरुद्ध सडक आज बिहान साढे ५ बजेदेखि दुइतर्फी सञ्चालनमा आएको हो।

Advertisement

सडक अवरुद्ध हुँदा रोकिएका सबै सवारी साधन आफ्नो गन्तव्यतर्फ लागेका छन्।