Wednesday, July 29

बाढीले एकै परिवारका चारजना बगायो: एकको मृत्यु, दुईजना बेपत्ता

नेपालअखबार,मोरङ। मोरङ र सुनसरीको सिमानामा पर्ने बुढीखोलाको बाढीले एकै परिवारका चार जनालाई बगाएको छ।

Advertisement

मंगलबार दिउँसो माछा मार्ने क्रममा सुन्दरहरैँचा नगरपालिका–५ का एकै परिवारका चारजना बगेकामा एकको मृत्यु भएको छ। फुदनी भन्ने २२ वर्षीया प्रेमकला चौधरीको निधन भएको वडाध्यक्ष गणेश चौधरीले जनाकारी दिए।

Advertisement
Advertisement

यसैगरी बढीले बगाउँदा सो परिवारका दुईजना बेपत्ता छन्।

Advertisement

बेपत्ता  हुनेमा ६० वर्षीया असरादेवी चौधरी (सासू) र  अन्दाजी २५ वर्षीया जेठी बुहारी फुला चौधरी रहेका छन्। माइली बुहारी २२ वर्षीया स्वस्तिका चौधरी सकुशल रहेको वडाध्यक्ष चौधरीले बताए।