Thursday, July 23

पछिल्लो २४ घण्टामा ६२९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १० हजार ७२८ पुग्यो

नेपाल अखबार,  पाेखरा। नेपालमा पछिल्लो २४ घण्टामा थप ६२९ जनामा कोरोना संक्रमित पुष्टि भएको छ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मनत्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ६२९ जनामा कोरोना पुष्टि भएको बताए।
पछिल्लो २४ घण्टामा ६ हजार ८२८ आरटीपीसीआर परीक्षण गरिएकोमा ६२९ जनामा कोरोना पुष्टि भएको हो।
संक्रमितमध्ये महिला ११० र पुरुष ५१९ रहेको प्रवक्ता गौतमले जानकारी दिए।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ७२८ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा ८ महिला १०६ गरी ११४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। योसँगै नेपालमा उपचारपछि १९७ र २ हजार १४१ गरी २ हजार ३३८ जना निको भएर घर फर्किसकेका छन्।

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *