Saturday, July 18

झलनाथको सचिवालयले भन्योः घनश्याम भूसाललाई अध्यक्ष समर्थन गर्ने समझदारी भइसकेको छैन

नेपालअखबार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको सचिवालयले आसन्न महाधिवेशनमा महासचिव घनश्याम भूसाललाई अध्यक्षमा समर्थन गर्ने समझदारीको खण्डन गरेको छ।

Advertisement

सम्मानित नेताको सचिवालयले विज्ञप्ति जारी गर्दै खनाल र भूसालका बीचमा पार्टीको राजनीतिक, वैचारिक कार्यदिशामा एकमत भएर जाने र बाँकी विषयमा छलफल गर्दै जाने सहमति भएको बताएको छ।

Advertisement
Advertisement

‘आज पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल र पार्टीका महासचिव कमरेड घनश्याम भूसालबीच डल्लुमा भेटघाट भयो। भेटका क्रममा दुवै नेताहरूले वैचारिक राजनीतिक कार्यदिशामा समाजवादी कार्यक्रमलाई अगाडि बढाउने सम्बन्धमा एकताबद्ध भएर जाने सहमति भएको छ। नेतृत्व निर्माण गर्ने सम्बन्धमा पनि समझदारीपूर्वक अगाडि बढ्ने सहमति भएको छ। अन्य विषयमा आगामी दिनमा थप छलफल गरी निर्णय गरिने पनि समझदारी बनेको छ,’ खनालको सचिवालयले भनेको छ।

Advertisement

सचिवालयले विभिन्न समाचार माध्यममा आए जस्तो छलफल र निर्णय भइनसकेको कुरा पनि उल्लेख गरेको छ।

यो पनिः

jhalanath-sachibalaya-1719419249.jpeg