Monday, November 3

स्याङ्जामा पहिरोले घर बगाउँदा आमा छोरीको मृत्यु

नेपालअखबार, स्याङ्जा । अविरल वर्षाका कारण पहिराले घर बगाउँदा स्याङ्जामा आमा छोरीको मृत्यु भएको छ ।

Advertisement

फेदीखोला गाउँपालिका वडा नम्बर ५  बाँगे स्थित दुर्गा जिटीको घर पहिरोले बगाउँदा आमा छोरी पुरिएका हुन् ।

Advertisement

घरमा सुतिरहेकी ३१ वर्षीय दुर्गा जिटी र उनकी ३ वर्षीय छोरी निकिसा जिटीको मृत्यु भएको स्याङ्जा प्रहरीले जनाएको छ ।