Sunday, August 16

आजदेखि नेकपा (एकीकृत समाजवादी) को दशौँँ राष्ट्रिय महाधिवेशन सुरू

नेपालअखबार,काठमाडौँ।नेकपा (एकीकृत समाजवादी) को दशौँँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरू हुनेभएको छ।

Advertisement

काठमाडौँको कमलादीस्थित प्रज्ञाभवनमा सुरूहुने दशौँ राष्ट्रिय महाधिवेशनमा देशभरबाट करिब १८ महाधिवेशन प्रतिनिधिहरू सहभागि हुँदैछन्।

Advertisement
Advertisement

असार १६ देखि २० गतेसम्म चल्ने महाधिवेशनमा पार्टीको राजनीतिक कार्यदिशा, विधान र समाजवादी कार्यक्रम पारित हुनेछन्। साथै महाधिवेशनले पार्टीको नयाँ केन्द्रीय कमिटीसमेत चयन गर्नेछ।

Advertisement

बिहान ११ बजे भृकुटिमण्डप काठमाडौँदेखि र्याली सुरू हुनेछ। भृकुटिमण्डपदेखि सुरू हुने र्याली भद्रकाली, शहिदगेट, एनएसी, वीर अस्पताल, जमल हुँदै महाधिवेशनस्थल प्रज्ञाभवनमा पुग्नेछ।