Thursday, July 23

रेस्क्यू उडानको पैसा लिएपछि अमेरिकाले एयर इन्डियामाथि प्रतिबन्ध लगायो

नेपाल अखबार, एजेन्सि। अमेरिकाले भारतको सरकारी एयरलाइन्स एयर इन्डियामाथि प्रतिबन्ध लगाएको छ।

Advertisement
भारतबाट अमेरिका जाने र अमेरिकाबाट भारत फर्कने दुवै फ्लाइटमा प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ।
रेस्क्यू उडानको पैसा लिएपछि अमेरिकाले एयर इन्डियाले यात्रुमाथि भेदभाव गरेको भन्दै उडानमा प्रतिबन्ध लगाएको हो।
कोरोना भाइरस प्रकोपबीच हाल अमेरिकामा कयौं भारतीय नागरिकहरु फसेका छन्। उनीहरुलाई उद्धार गर्नका लागि भारतले एयर इन्डियाको विमान पठाउने गरेको छ।
तर एयर इन्डियाले आफ्ना नागरिकको टिकटको पैसा लिएको थाहा पाएपछि अमेरिकाको ट्रान्सपोर्टेसन विभागले एयर इन्डियाले रेस्क्यू फ्लाइट नगराएको बताएको छ।
विभागले विमान उडानको सुविधामा तत्कालको लागि प्रतिबन्ध लगाएपछि पनि एयर इन्डियाले प्रतिक्रिया जनाएको छैन।

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *