Thursday, July 30

पहिरोले कर्णाली राजमार्ग अन्तर्गत कालिकोट खण्ड अवरुद्ध

नेपालअखबार,  सुर्खेत। शुक्रबारदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्न गई कर्णाली राजमार्गको कालिकोट सडक खण्ड अवरुद्ध भएको छ।

Advertisement

कालिकोटको हुल्म बजार लगायतका तीन ठाउँमा पहिरोले अवरुद्ध भएको हो। सडक अवरुद्ध  भएपछि सुर्खेत-जुम्लाका लागि छुटेको सवारी साधनहरू बिच बाटोमा रोकिएका छन्।

Advertisement
Advertisement

बाटो खुलाउने प्रयास भइरहेको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी वीर बहादुर ओलीले जानकारी दिए ।

Advertisement