Thursday, July 30

एमाले अध्यक्ष ओलीको सुरक्षामा खटिएका सशस्त्र प्रहरी निरीक्षकको मृत्यु

नेपालअखबार, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको सुरक्षामा खटिएका सशस्त्र प्रहरीको मृत्यु भएको छ।

Advertisement

सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोक दरबन्दी भई ओली निवास बालकोटमा सुरक्षा प्रमुखका रूपमा खटिएका सशस्त्र प्रहरी इन्स्पेक्टर ४२ वर्षीय उमेश थापाको शनिबार बिहान मृत्यु भएको हो।

Advertisement
Advertisement

शनिबार बिहान ५:३० बजे उनी भक्तपुरको सूर्यविनायक नगरपालिका-९ गुण्डुस्थित आफ्नै घरमा अचेत भेटिएका थिए।

Advertisement

जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी राजन कार्कीका अनुसार अचेत भेटिएका थापालाई उपचारका लागि बिहान साढे ६ बजे भक्तपुर अस्पताल पुर्‍याइएकोमा ६:५० बजे चिकित्सकले मृत घोषणा गरेका थिए। उनको के कारणले मृत्यु भएको भन्ने खुलिसकेको छैन। प्रहरी वृत्त जगातीबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिएर घटनाको प्रारम्भिक अनुसन्धान गरेको डिएसपी कार्कीले जानकारी दिए।

मृतकको शव पोष्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको पनि डिएसपी कार्कीले जानकारी दिए।