Friday, July 31

सप्तकोशी ब्यारेजका ४६ वटा ढोका खोलिए

नेपालअखबार, काठमाडौँ । सप्तकोशी नदीको जलसतह बढ्दै गएको छ।

Advertisement

आइतबार ६ बजेसम्म सप्तकोशीमा जल सतह ३ लाख ४२ हजार ६५ क्यूसेक पुगेको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्र कुमार यादवले जानकारी दिए।

Advertisement
Advertisement

सप्तकोशीमा आइतबार बिहानको जलसतह यसपालिकै उच्च हो।

Advertisement

जलसहत बढेपछि ४६ वटा ढोका खोलिएको सहायक प्रजिअ यादवले जानकारी दिए।

साथै तटीय क्षेत्रमा रहेकाहरूलाई सतर्क गराइएको र प्रहरीबाट निरन्तर निगरानी गरिएको उनले बताए।

बराहक्षेत्र नगरपालिका र कोशी गाउँपालिकामा नदी आसपासका वस्तीहरुमा सुरक्षित रहन भनिएको र अहिलेसम्म कुनै क्षति नभएको सहायक प्रजिअ यादवले बताए।

सप्तरीका प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्रातीले कोशी ब्यारेजका ५६ मध्ये ४६ वटा ढोका खोलिएको जानकारी दिए।

‘रेडलाइटहरू बलिसकेका छन्। जोखिमयुक्त छ। प्रभावित क्षेत्रमा सुरक्षा सतर्कता अपनाउन स्थानीयलाई खबर पनि गरिसकेका छौं,’ प्रजिअ मंग्रातीले भने।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिका प्रभावित स्थानीय तह हुन्।

‘२ लाख क्यूसेक बढेपछि जोखिमयुक्त भनेका छौं।अहिले सतर्क गराइएको छ। स्थानान्तरण गर्नुपर्ने भयो भने विद्यालय र सामुदायिक भवनहरूमा राख्छौं,’ उनले भने।