Tuesday, April 21

नयाँ नक्सा अनुमोदन गरेकोमा दलहरुलाई राष्ट्रपतिको बधाई

नेपाल अखबार, काठमाडौं । लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर जारी गरेको नक्सा सर्वसम्मत अनुमोदन गरेकोमा राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई बधाई दिएकी छन् ।
राष्ट्रिपति भण्डारीले बुधबार अपराह्न संसदमा रहेका प्रमुख दलका शीर्ष नेताहरु र पूर्व प्रधानमन्त्रीहरुलाई शीतल निवासमा बोलाएर छलफल गरेकी थिइन् । नयाँ नक्सा पास गर्न दलहरुबीच राष्ट्रिय सहमति बनेकोमा उनले बधाई दिएकी छन् ।साथै कोरोना भाइरस (कोभिड–१९) को महामारीविरुद्ध पनि एक भएर लड्ने विश्वास व्यक्त गरेको भेटमा सहभागी एक नेताले जानकारी दिएका छन् ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *