Sunday, August 2

आज प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै

नेपालअखबार ,काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार विश्वासको मत लिँदैछन्।

Advertisement

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने प्रयोजनका लागि शुक्रबार बिहान ११ बजे प्रतिनिधि सभा बैठक बोलाइएको छ।

Advertisement
Advertisement

प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्डले चौथोपटक संसदबाट विश्वासको मत लिन लागेका हुन्।

Advertisement

सत्ताको प्रमुख घटक एमालेले कांग्रेससँग सहकार्य गरी सरकार बनाउने निर्णय गरेर सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले पुनः विश्वासको मत लिन लागेका हुन्।

२७५ सदस्यीय प्रतिनिधिसभाबाट प्रधानमन्त्रीले विश्वास मत पाउन कम्तिमा १३८ सांसदले पक्षमा मतदान गर्नुपर्छ। तर प्रधानमन्त्रीको पक्षमा माओवादीका ३२, रास्वपाका २१ र एकीकृत साजवादीका १० गरी ६३ मत मात्रै छ।

नेपाली कांग्रेस र नेकपा (एमाले)ले प्रधानमन्त्रीलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ। राप्रपा, जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल लगायतका पार्टीहरूले पनि प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेका छन्।

प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्डले विश्वासको मत लिन लागेको यो पाँचौं पटक हो।

पछिल्लो पटक जसपा विभाजनपछि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिएका थिए।

त्यतिबेला सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै त्यसको छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने मागसहित सदन अवरूद्ध गरिरहेको थियो।

प्रधानमन्त्री प्रचण्डले संसदमा कांग्रेसको नाराबाजी र वेल घेराउकैबीच विश्वासको मत लिएका थिए। त्यतिबेला उनलाई १५७ जनाले विश्वासको मत दिएका थिए।