Wednesday, July 29

आज मध्यमदेखि भारी वर्षा हुने

नेपालअखबार, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले  मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको जनाएको छ।

Advertisement

आइतबार बिहान कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ भने बाँकी प्रदेशहरुमा आन्शिक देखि मुख्यतया सफा रही एक वा दुई स्थानमा हल्का वर्षा भैरहेको महाशाखाले बुलेटिन जारी गरी जानकारी दिएको छ।

Advertisement
Advertisement

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

Advertisement

कोशी प्रदेश र गण्डकी प्रदेशका एक-दुई  स्थानमा भने  भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ।

आइतबार  राति देशभर आंशिक देखि साधारणतया बदली रही कोशी प्रदेश, मधेश प्रदेश, बागमती  प्रदेश र गण्डकी प्रदेशका केही  स्थानहरूमा साथै लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै  स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई  स्थानमा राति पनि  भारी वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।