Thursday, September 3

प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने

नेपालअखबार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विश्वासको मत लिने भएका छन‍्।

Advertisement

नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार प्रधानमन्त्री ओलीले आइतबार (साउन ६ गते) विश्वासको मत लिने भएका हुन्। त्यस दिन उनले देशबासीका नाममा सम्बोधन समेत गर्नेछन्। त्यसपछि उनले विश्वासको मत लिन लागेका हुन्।

Advertisement
Advertisement

प्रधानमन्त्री नियुक्त भएसँगै ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। प्रधानमन्त्री ओलीले गत सोमबार शपथ ग्रहण गरेका थिए।

Advertisement