Saturday, August 1

पाइप बगेपछि बागलुङ बजारमा खानेपानी अभाव

नेपालअखबार, बागलुङ । बागलुङ बजारमा खानेपानीको अभाव भएको छ। भूदीखोलाले पानीको पाइप  बगाएपछि एक सातादेखि नगरवासी खानेपानीको समस्याबाट पिरोलिएका हुन्।

Advertisement

बागलुङ नगरपालिकाले काठेखोला गाउँपालिकाको भूदीखोला मुहान, रेशखोला मुहान र रिठेखोला मुहानबाट खानेपानी आपूर्ति गर्दै आएको मुख्य मुहानको पाइप बगाउँदा समस्या भएको हो।

Advertisement
Advertisement

भूदिखोलाको मुहानको पाइप बगाउँदा खानेपानीको अभाव भइरहेको बताउँदै बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका सचिव जीवन आचार्यले पाइप मर्मत थालिएकाले शीघ्र समस्या समाधान हुने आश्वासन दिए।

Advertisement