Tuesday, April 21

फिस्लिङको पहिरो पन्छाएपछि दुईतर्फी सञ्चालनमा आयो पृथ्वी राजमार्ग

नेपालअखबार, चितवन । चितवनस्थित इच्छाकामना गाउँपालिका वडा नम्बर ६ फिस्लिङमा खसेको पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ।

मुग्लिन–मलेखु सडक खण्डअन्तर्गत् फिस्लिङमा सोमबार बिहान ४ः४५ बजे खसेको पहिरो बिहान ८ बजे पन्छाइसकिएपछि राजमार्ग सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख निरला भण्डारीले जानकारी दिइन्।

Advertisement

उनका अनुसार बिहान ६ बजेदेखि पहिरो पन्छाउने थालिएको थियो।

‘पहिरो पन्छाएपछि राजमार्ग पूर्ववत् अवस्थामा सञ्चालनमा आएको छ। अहिले त्यस्तो धेरै वर्षा पनि छैन,’ उनले भनिन्।

HLG_MUGLIN_PAHIRO-1721616286.jpg