Tuesday, July 21

प्रतिनिधि सभाको बैठक बस्दै

नेपालअखबार, काठमाडौं । प्रतिनिधि सभाको बैठक मंगलबार बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले संयुक्त समिति अन्तर्गतको संसदीय सुनुवाई समितिमा सांसदहरूको नाम हेरफेर गर्नेछन्।

Advertisement

त्यस्तै सभामुख घिमिरेले प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिहरूमा पनि सांसदहरू हेरफेर गर्ने कार्यसूची रहेको छ।

Advertisement
Advertisement

आजै प्रतिनिधि सभा बैठकमा मन्त्रीहरूको प्रश्नोत्तर पनि रहेको छ।

Advertisement

आज स्वास्थ्य तथा जनसंख्या, वन तथा वातावरण, कृषि तथा पशुपंक्षी विकास र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसम्बन्धि मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ।

यस्तै उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ माथी विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। सांसद प्रतिमा गौतमले डेंगीको प्रकोपसम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेश गर्ने कार्यसूची पनि छ।

उक्त प्रस्तावका समर्थक कुसुम देवी थापा, माननीय सपना राजभण्डारी, सीता मिजार र लीलादेवी बोखिम लिम्बूले समर्थन गर्ने कार्यसूची रहेको छ।