Wednesday, October 29

कोरोनाभाइरसको छायाँमा रुसको शक्ति प्रदर्शन, तस्विरहरु हेर्नुहोस्

नेपाल अखबार, एजेन्सि। रुसले ७५ औँ ‘भिक्ट्री डे’ को अवसरमा राजधानी मस्कोमा भव्य सैन्य परेडको आयोजना गरेको छ । गत मे ९ मा आयोजना हुनुपर्ने कार्यक्रम कोरोनाभाइरसका कारण सारेर बुधबार आयोजना गरिएको हो । दोस्रो विश्वयुद्धमा सोभियत संघले नाजी जर्मनीलाई हराएको अवसरमा यो दिनलाई भव्य रुपमा मनाउने गरिन्छ । उक्त युद्धमा २ करोडभन्दा बढी सोभियत संघका जनताले ज्यान गुमाएका थिए ।
नाजी जर्मनीले सन् १९४५ ८ मेमा राति ११ बजेर १ मिनेट जाँदा आफ्ना सबै सैन्य कारवाही स्थगित गरेको थियो । तर, टाइम जोनका कारण पूर्वी युरोपियन राष्ट्रहरुले ९ मेमा विजयी भएको खुसियाली मनाएका थिए ।
यसअघि, राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोनाभाइरसको महामारीका कारण यो कार्यक्रमलाई स्थगित गरेका थिए । तर, उनलाई थप दुई कार्यकाल सत्तामा रहन दिने महत्त्वपूर्ण संवैधानिक मतदान अघि यो कार्यक्रमलाई आयोजना गरिएको छ ।
मस्कोमा यो महिनादेखि लकडाउन खुकुलो बनाइएको छ । तर, सामुहिक जमघटलाई प्रतिबन्ध लगाइएको छ । परेडमा भाग लिने सैनिकहरुलाई कार्यक्रमअघि क्वारेन्टाइनमा राखिएको थियो ।
रुसमा हालसम्म ६ लाख बढी संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा मात्र थप ७ हजार १७६ जना कोरोनाभाइरस संक्रमित फेला परेका थिए ।



























तस्विरहरु : रोयटर्स

Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *