Thursday, August 13

वैदेशिक रोजगारीमा धेरै जाने जिल्लामा धनुषा पहिलो, झापा दोस्रो

नेपालअखबार,  काठमाडौं । बितेको एक वर्षमा तराईका जिल्लाहरुबाट सबैभन्दा धेरै वैदेशिक रोजगारीमा गएका छन् । हिमाली जिल्लाबाट भने सबैभन्दा कम गएका छन् ।

Advertisement

वैदेशिक रोजगार विभागका अनुसार सबैभन्दा धेरै वैदेशिक रोजगारीमा जानेमा धनुषा पहिलो छ भने झापा दोस्रो जिल्ला रहेको छ । आर्थिक वर्ष ०८०/८१ मा धनुषाबाट ३९ हजार १०७ जना र झापाबाट ३४ हजार ३६२ जना वैदेशिक रोजगारीमा गएका छन् ।

Advertisement
Advertisement

त्यस्तै धनुषा र झापापछि वैदेशिक रोजगारीमा धेरै जाने जिल्लमा मोरङ, सिराह, महोत्तरी, सुनसरी, रुपन्देही, सर्लाही र सप्त्तरी रहेका छन् । विभागका अनुसार मोरङमा ३१ हजार ९७, सिराहमा ३० हजार ९३०, महोत्तरीमा २७ हजार ३५०, सुनसरीमा २३ हजार ९४९, रुपेन्देहीमा २३ हजार ६०६, सर्लाहीमा २१ हजार २४३, सप्तहरीमा २० हजार ४६० जना वैदेशिक रोजगारीमा गएका छन् ।

Advertisement

यो नयाँ र पुरानो श्रम स्विकृति लिने दुवैको संख्या हो । यी जिल्लाहरुबाट रोजगारीका लागि सबैभन्दा धेरै युएइ, साउँदी, मलेशिया गएका छन् ।त्यस्तै वैदेशिक रोजगारीमा सबैभन्दा कम जाने जिल्लामा हिमाली जिल्ला रहेका छन् । जस अनुसार मनाङबाट १७९, मुस्ताङबाट २५९, मुगुबाट ५३७, हुम्लाबाट ५६१ र डोल्पाबाट ५१२ वैदेशिक रोजगारीमा गएको विभागको तथ्याङ छ । यो नयाँ र पुरानो श्रम स्विकृति लिने दुवैको संख्या हो । गत आर्थिक वर्ष ०८०/०८१ मा ७ लाख ४१ हजार नेपाली विदेश गएका छन् ।