Thursday, July 30

ट्रक र भारतीय कन्टेनर ठोक्किँदा दुवै गाडीका चालकको मृत्यु

नेपालअखबार, चितवन । चितवनको भरतपुर महानगरपालिका–१ भतेरी जंगलमा ट्रक र भारतीय कन्टेनर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

Advertisement

नारायणघाट–मुग्लिन सडकको भतेरीमा बिहान सवा ६ बजेतिर मुग्लिनतर्फ जाँदै गरेको ना ६ ख ५९९६ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको डीडी ०१ एल ९१६१ नम्बरको भारतीय कन्टेनर ठोक्किएका थिए।

Advertisement
Advertisement

दुर्घटनामा भारतीय कन्टेनरका चालक भारतको उत्तर प्रदेश बस्ने २४ वर्षीय  हेहताव आलम र ट्रकका चालक पर्साको वीरगञ्ज–२४ वस्ने अन्दाजी ४० वर्षका प्रमोद पटेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भेषराज रिजालले जानकारी दिए।

Advertisement

उनीहरु दुवैको उपचारकाक्रममा मृत्यु भएको हो। भारतीय कन्टेनरका सहचालक भारतको गोरखपुर बस्ने २२ वर्षीय सावन अहमदको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। उनको अवस्था गम्भीर रहेको डिएसपी रिजालले बताए।