Friday, July 31

कीर्तिपुर नगरपालिकाका मेयर नकर्मीको निधन

नेपालअखबार, काठमाडौं । कीर्तिपुर नगरपालिका मेयर राजकुमार नकर्मीको निधन भएको छ।

Advertisement

नकर्मीको बिहीबार राति वीर अस्पतालमा निधन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकालले जानकारी दिए।

Advertisement
Advertisement

उनी २०७९को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार भई कीर्तिपुर नगरपालिकाको मेयर निर्वाचित भएका थिए।

Advertisement

दुई वर्षदेखि मिर्गौलासम्बन्धी रोगबाट पीडित उनको केही समयअघि भारतमा समेत उपचार गरिएको प्रमुख प्रशासकीय अधिकृत ढकालले जानकारी दिए।

उनलाई गत साउन २ गते वीर अस्पताल भर्ना गरिएको थियो।

मेयर नकर्मीको निधनमा शुक्रबार नगरपालिकाभर शोक बिदा दिइएको ढकालले बताए। उनका पार्थिव शरीरलाई बिहान ९ बजे  श्नद्धाञ्जलीका लागि नगरपालिकामा राखिने ढकालले जानकारी दिए।

५९ वर्षीय नकर्मीका एक छोरा, एक छोरी र श्रीमती छन्।

IMG_20240726_0002-1721964885.jpg