Tuesday, July 28

सौर्य एयरलाइन्सले पीडित परिवारजनलाई कम्पनीको तर्फबाट सहयोग गर्छौं

नेपालअखबार, काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटना पछि कम्पनीले विज्ञप्ति जारी गर्दै मृतकहरुप्रति श्रद्धाञ्जती व्यक्त गरेको छ । साथै मृतकको परिवारमा गहिरो समवेदना प्रकट गर्दै कम्पनीले पीडित परिवारजनमा कम्पनीले गर्न सक्ने सहयोग समेत प्रदान गर्ने जनाएको छ ।

Advertisement

‘सौर्य एयरलाइन्स प्रालिको स्थापनाकाल देखि एउटै परिवारको रुपमा रहि काम गर्दै आउनुभएका हाम्रा अनन्य मित्र एवम् सहयोगीहरुको मिति २०८१/०४/०९ गते अकल्पनीय जहाज दुर्घटनामा परि दिवंगत हुनुभएकोमा हामी अत्यन्त मर्माहत र भावविह्वल भएका छौँ । यस दुर्घटनामा परि ज्यान गुमाउनुहुने प्रतिष्ठित यति धेरै विज्ञहरुको क्षतिको कल्पना नै गर्न सकिन्न। यस कम्पनीले मात्रै होइन, परिवार, समाज र राष्ट्रले समेत होनहार विज्ञ व्यक्तित्व गुमाउनुपरेको यस दुःखद घडीमा शोकमा रहनुभएका सम्पूर्ण परिवार र आफन्तजनहरुमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भनी भगवानसँग प्रार्थना गर्दछौँ ।

Advertisement
Advertisement

विज्ञप्तिमार्फत कम्पनीले भनेको छ, ‘साथै, पीडित परिवारजनलाई कम्पनीको तर्फबाट हुनसक्ने सम्मको सहयोग, साथ र सदभाव सधैं रहने विश्वास दिलाउँछौ । सौर्य एयरलाइन्सको व्यवसायिक विकास र विश्वसनियता आर्जनका लागि उहाँहरुले निष्ठापूर्वक पुर्याउनुभएको साथ, सहयोग र योगदानको उच्च कदर गर्दै यस संस्थाले सधै जीवन्त एवम् चिर स्मरणीय इतिहासको रुपमा संरक्षण गर्ने विश्वास व्यक्त गर्दछौ । साथै, यस दुर्घटनामा परि बाँच्न सफल हाम्रा अनन्य मित्र क्याप्टेन मनिष शाक्यको शिघ्र स्वास्थ्य लाभको कामना समेत गर्दछौ ।’

Advertisement

बुधबार पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । सो दुर्घटनामा पाइलट मनीषरत्न शाक्य घाइते भएका थिए । उनको केएमसी अस्पतालमा उपचार भैरहेको छ ।

saurya