Wednesday, July 15

भूकम्पले मुहान सुकेपछि खानेपानी समस्या

नेपालअखबार, जाजरकोट।  जाजरकोटको भेरी नगरपालिका–१ रिम्नाका स्थानीयवासीलाई खानेपानीको समस्या भएको छ।

Advertisement

गत कात्तिक १७ गते बारेकोट गाउँपालिका–१ रामीडाडाँ केन्द्रविन्दु भएर गएको भूकम्पका कारण भेरी नगरपालिका–१ पिपेखोला गैरी खेतको पानीको मुहान सुकेपछि रिम्नामा खानेपानीको संकट परेको हो।

Advertisement
Advertisement

‘अहिले रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–१ स्थित चाइनाबगरबाट पानी ल्याउनुपरेको छ,’ भेरी–१ रिम्नास्थित दिलमाया रानाले भनिन्।

Advertisement

उनले धारामा पानी आउन छाडेको करिब नौ महिना भएको पनि बताइन्।

‘हाम्रो दुःख बुझ्ने कोही भएनन्,’ उनले गुनासो गरिन्।