Saturday, July 11

म कडा रक्षामन्त्री थिएँ, राजा वीरेन्द्रले भनेको नमानी प्रधानसेनापतिलाई हटाइदिएँः माधव नेपाल

नेपालअखबार, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालीहरू हरेक क्षेत्रमा प्रतिभाशाली र योग्य रहेको बताएका छन्।

Advertisement

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाली विद्यार्थी र युवा पुस्ताले विभिन्न क्षेत्रमा कीर्तिमान कायम गरेको उल्लेख गरे।

Advertisement
Advertisement

नेपाली युवा अध्ययन, अनुसन्धान, खेलकुद लगायत सबै क्षेत्रमा प्रतिभाशाली रहेको उनको भनाइ थियो।

Advertisement

उनले आफू २०५१ सालमा रक्षामन्त्री बन्दा ‘कडा’ रुपमा प्रस्तुत भएको पनि बताए। तत्कालीन राजा वीरेन्द्रले तत्कालीन प्रधानसेनापतिलाई बर्खास्ती गर्न नचाहँदा पनि आफूले बर्खास्ती गरेको उनको भनाइ छ। तत्कालीन प्रधानसेनापतिले भ्रष्टाचार गरेपछि बर्खास्त गर्नुपरेको उनले बताए।

‘२०५१ सालमा म रक्षामन्त्री थिएँ। म कडा रक्षामन्त्री थिएँ। प्रधानसेनापतिलाई जागिरबाट निकालिदिएँ, भ्रष्टाचार गरेको हुनाले,’ उनले भने, ‘त्यो बेलामा राजा वीरेन्द्र थिए। वीरेन्द्रले भने एक पटक माफ दिइदिनुस् न त भने मैले भने माफी दिन सकिँदैन। यस्ता मान्छेलाई राखेर नेपाली सेनाको इज्जत बढ्न सक्दैन।’

(न्युज एजेन्सी नेपाल)