Monday, August 3

बल्खु पुलमुनी एक पुरूषको शव फेला

नेपालअखबार, काठमाडौं । काठमाडौंको बल्खु खोलामा एक जना मृत अवस्थामा भेटिएका छन् । बुधबार बिहान अन्दाजी ७:२७ बजे काठमाडौंको बल्खुस्थित पुलमुनी एक जनाको शव फेला परेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं एसएसपी दिनेशराज मैनालीले जानकारी दिए।

Advertisement

मृतक सुकुम्बासीमा बस्ने पुरूष रहेको खुलेको छ। बाँके घर भई सुकुम्बासी बस्तीमा बस्ने ४५ वर्षीय राम सरूप महतोको शव अड्किएको अवस्थामा फेला परेको एसएसपी मैनालीले बताए।

Advertisement
Advertisement

उक्त शव प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले निकालेको छ। मृतकका आफन्त पनि प्रहरीको सम्पर्कमा आइसकेका छन्। अहिले घटनास्थलमा मुचुल्काको काम लगायत अन्‍य अनुसन्धानको कार्य भइरहेको प्रहरीले जनाएको छ।

Advertisement

गएरातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका विभिन्न नदी/खोला किनारा डुबानमा परेको छ। बल्खुस्थित तरकारी बजार र सुकुम्बासी बस्तीमा पनि बाढी पसेको छ।

बाढी पसेसँगै सुरक्षाकर्मीहरू उद्धारका लागि खटिएका छन्।