Monday, November 3

पहिरोले पुरिएर दुई जनाको मृत्यु

नेपालअखबार, रोल्पा । सुनछहरी गाउँपालिका-४ कामिडाँडा बस्ने २४ वर्षीय देउसिङ कामीको कच्ची घर शुक्रबार राति पहिरोले पुरिँदा २ जनाको मृत्यु भएको छ । पहिरोले पुरिएर कामीको आमा ७० वर्षीया बसुना सुनार र छोरी ४ वर्षीया माया सुनारको मृत्यु भएको  हो । पहिरोले घर पुरिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सिउरीमाबाट खटिएको प्रहरीले आवश्यक उद्धार कार्य एवम् खोजी गर्ने क्रममा दुवै जनाको शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Advertisement

Advertisement