Tuesday, July 28

कोड्कु खोलाले जल सतर्कता तह पार गर्‍यो

नेपालअखबार, काठमाडौँ । ललितपुरस्थित कोड्कु खोलाले जल सतर्कता तह पार गरेको छ।

Advertisement

जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले जनाएअनुसार कोड्कुले झरुवारासी जलमापन केन्द्रमा सतर्कता तह पार गरेको हो।

Advertisement
Advertisement

कोड्कुको जल सतह बढ्दो क्रममा रहेकाले नदी तटिय क्षेत्रमा बाढीको जोखिममा छन्। कोड्कुको तटीय क्षेत्रमा दिउँसो २ बजेसम्मै उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

Advertisement

त्यस्तै काठमाडौंको विष्णुमती नदीले गोंगबु जलमापन केन्द्रमा सतर्कता तह पार गरेको छ।  विष्णुमती नदीको जलसतह बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र आसपास बसोबास गर्ने र सो नदी किनार भई यात्रा गर्नेहरूले दिउँसो २ बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

दक्षिणी ललितपुरमा पछिल्लो एक घन्टामा २९.८ मिलिमिटर वर्षा भएको छ। भक्तपुरको ताथलीमा १२.४, नैकापमा ९.२ मिलिमिटर वर्षा मापन भएको छ।