Friday, July 17

डेंगीले एक जनाको मृत्यु

नेपालअखबार, काठमाडौं । देशभर कीटजन्य तथा पानीजन्य रोगको सङ्क्रमण बढ्दै गएको छ।

Advertisement

स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) ले डेंगीबाट एक जनाको मृत्यु भएको बताएको छ।

Advertisement
Advertisement

गत पुसदेखि हालसम्म देशभर दुई हजार तीन सय ६५ जनाबाट सङ्क्रमित छन्।

Advertisement

डेंगी सङ्क्रमण ७३ जिल्लामा फैलिएको छ। कोशी प्रदेशमा पाँच सय ३७, मधेसमा ४६, बागमतीमा सात सय ४७, गण्डकीमा पाँच सय आठ, लुम्बिनीमा दुई सय ४७, कर्णालीमा ३८ र सुदूरपश्चिममा दुई सय ४२ जना सङ्क्रमित भएका हुन्। काठमाडौँ उपत्यकामा दुई सय ८७, कास्कीमा एक सय ३७, झापामा एक सय ३३, चितवनमा एक सय १६ र तनहुँमा एक सय १० जना सङ्क्रमित छन्।

त्यसैगरी हैजा सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको छ।

देशभर ३० जनामा हैजा पुष्टि भएको इडिसिडीले जनाएको हो।