Tuesday, July 21

बाख्राको खोरमा भेटियो ८ किलोको अजिंगर

नेपालअखबार, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-२ लक्ष्मीपुरमा अजिंगर फेला परेको छ। शनिबार स्थानीय सुनील डगौराको बाख्राको खोरभित्र अजिंगर फेला परेको हो।

Advertisement

आठ किलो तौल भएको अजिंगरको लम्बाइ तीन मिटर बढी रहेको वडा सदस्य डबलबहादुर ऐरले बताए।

Advertisement
Advertisement

‘अजिंगर बाख्राको खोरभित्र रहेको जानकारी प्राप्त हुनासाथ सुरक्षित साथ समातेर बोरामा राख्यौं,’ उनले भने, ‘शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा अजिंगर फेला परेको जानकारी दियौं। त्यसपछि आइपुगेको निकुञ्जको टोलीलाई समातेको अजिंगर सहितको बोरा दियौं।’

Advertisement

निकुञ्जका कर्मचारीले उद्धार गरिएको अजिंगरलाई निकुञ्जको सुरक्षित क्षेत्रमा लगेर छाडेका छन्।

अजिंगर सनवोरा नदी हुँदै चितौरा नाला भएर डगौराको बाख्राको खोरमा आहाराको खोजीमा आइपुगेको हुनसक्ने स्थानीय बासिन्दा हरिदत्त भट्टले बताए। उनका अनुसार गत वर्ष पनि सोही क्षेत्र नजिकबाट अजिंगरको उद्धार गरी निकुञ्जका कर्मचारीलाई बुझाइएको थियो। रासस