Saturday, July 11

अस्ट्रेलिया : होटेलमा हेलिकप्टर ठोक्किँदा पाइलटको मृत्यु

नेपालअखबार, क्वीन्सल्याण्ड । क्वीन्सल्याण्डको उत्तरी सहर केर्न्समा रहेको एक होटलको छतमा हेलिकप्टर ठोक्किँदा एक पाइलटको मृत्यु भएको छ ।

Advertisement

सोमबार हिल्टन होटलको डबलट्रीमा विमानले ठोक्किएको थियो । त्यसपछि भएको आगलागीका कारण सयौँ पाहुनाहरूलाई बाहिर निकालिएको थियो। होटलका दुई पाहुनाहरूलाई स्थिर अवस्थामा अस्पताल लगिएको थियो ।

Advertisement
Advertisement

क्वीन्सल्याण्ड प्रहरीले हेलिकप्टरमा सवार एक जनाको मात्र घटनास्थलमै मृत्यु भएको पुष्टि गरेको छ । हेलिकप्टर चार्टर गर्ने कम्पनीले स्थानीय सञ्चारमाध्यमलाई पाइलट ‘अनधिकृत’ उडानमा रहेको बताएको छ।

Advertisement

केर्न्सको मुख्य एस्प्लेनेडमा रहेको होटेलमा बसेकी अमान्डा केले वर्षाको मौसममा हेलिकप्टर बत्तीबिना कम उचाइमा उडिरहेको देखेकी थिइन्।

बीबीसी