Friday, July 31

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

नेपालअखबार, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीको बैठक आह्वान गरेको छ।

Advertisement

एकीकृत समाजवादीको बैठक भदौ ९ गते बिहान ११ बजे काठमाडौंमा बस्ने महासचिव घनश्याम भूसालले जानकारी दिए। बैठक तीन दिनसम्म चल्ने छ।

Advertisement
Advertisement

बैठकमा नवनियुक्त केन्द्रीय सदस्यहरूको शपथ ग्रहण हुनेछ। त्यस्तै कमिटीको संरचना निर्माण हुने महासचिव भूसालले जानकारी दिए।

Advertisement

बैठक स्थानबारे पछि सूचित गरिने उनले बताए। एकीकृत समाजवादीले ३४४ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको छ। पार्टी अध्यक्ष, महासचिव र सम्मानित नेताको मात्रै कार्यविभाजन भएको थियो।  असार १६ देखि २० गतेसम्म बसेको बैठकले अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव भूसालसहित ९९ सदस्यीय केन्द्रीय सदस्य निर्वाचित गरेको थियो।

बाँकी केन्द्रीय सदस्य पहिलो केन्द्रीय कमिटीले चयन गरेको हो।