Sunday, August 2

सिटीवान टेलिभिजनले तेस्रो संस्करणको तीज गीत मेला गर्ने

नेपालअखबार, पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा मुख्य कार्यालय रहेको सटीवान टेलिभिजनले महिलाहरुको महान चाड तीजलाई मध्यनजर यस वर्ष पनि सास्कृतीक तीज गीत प्रतियोगिता गर्ने भएको छ । “तीजको वेला सिटीवानको सास्कृतीक मेला, तेस्रो खुल्ला तीज गीत प्रतियोगिता–२०८१” नाममा टेलिभिजनले तीजका सास्कृतीक पक्षहरुको संरक्षण गर्ने उद्धेश्यले मेला आयोजना गरेको टेलिभिजनले जनाएको हो ।
टेलिभिजनका प्रवन्ध निर्देशक अनिशा श्रेष्ठले पछिल्लो समयमा डिजिटल प्रविधिको प्रयोकका कारण नेपालीहरुका कतिपय संस्कृतीहरु लोप हुन लागेको भन्दै सवैको संस्कृती संरक्षणमा टेलिभिजन लाग्ने धारणा राख्नुभयो । पहिलो र दोस्रो सस्करणको अपार सफलता पछि यही भाद्र १५ र १६ गते विहान ९ः०० वजे देखी तेस्रो सस्करणको प्रतियोगिता गर्न लागेको हो ।

Advertisement

प्रतियोगितामा विशुद्ध नेपाली तीज प्रचलनका गीत र परिवेशलाई मान्यता दिदै तीजलाई तीज जसरि नै मनाउनका लागि मेला आयोजना गरिएको प्रवन्ध निर्देशक श्रेष्ठको भनाई थियो । उहाले भन्नुभयो–“ सिटीवानले हिन्दु नेपाली महिलाहरुले मनाउने तीज कस्तो हुनु पर्छ, दर सस्कृती के हो आदी विषयमा जानकारी दिदै हामीले प्रत्येक वर्ष मेला आयोजना गर्ने लक्ष्यका साथ तेस्रो सस्करणको मेला संचालन गर्न लागेका हौं ।”
करिव ६० समुहको सहमागिता रहने अनुमान गरिएको सो प्रतियोगीतामा विपत् व्यवस्थापनमा महिलाको भूमिका, महिला हिसां, पर्यटन प्रर्बदन, सरसफाइ, बैदेशिक रोजगार, उधमशिलता, शिक्षाको महत्व, स्थानीय सरकार तथा लागु पदार्थ दुब्र्यसनी जस्ता सामाजिक बिषयलाइ प्राथमिकतामा राखेर आयोजना गरिने भएको छ ।
भदौको १५ र १६ गते गण्डकी प्रज्ञा प्रतिष्ठानको सभाहलमा हुने कार्यक्रमा प्रथम पुरस्कार ५० हजार, द्धितिय पुरस्कार ३० हजार, तृतिय पुरस्कार २० हजार, शान्त्वना पुरस्कार १० हजार, उत्कृष्ट नृत्य ५ हजार, उत्कृष्ट भेषभुसा ५ हजार, उत्कृष्ट शव्द ५ हजार रहेको छ ।
निशुल्क समुह दर्ता गरि आफ्नो संस्कृती प्रस्तुत गर्न अनुरोध गर्दै टेलिभिजनका अध्यक्ष पवन प्रजापतीले पछिल्लो अवस्थामा तीज सस्कृतीको लोप हुन लागेको भन्दै मेला आयोजना गर्न लागेको जानकारी दिनुभयो । उहाले टेलिभिजन स्थापना पनि राजनीति भन्दा माथि उठेर समाजको आर्थिक, सामाजिक र सास्कृतिक उन्नतीका लागि सहकार्य गर्ने मुख्य उद्धेश्य रहेको जानकारी पनि दिनुभयो । उहाले भन्नुभयो–“गण्डकी प्रदेशमा सञ्चालन भएको टेलिभिजनले नेपालका विभिन्न संस्कृतिको संरक्षण र जर्गेना गर्दै समाजका हरेक उत्कृष्ट विषयहरुलाई आफ्नो विषय वनाएर सार्वजनिक कार्यक्रमहरु पनि आयोजना गर्ने उद्धेश्य लिएको छ ।”
मेलाको अवसरमा तीज संस्कृति र आजको आवश्यकता शीर्षकमा प्रदेश स्तरीय राउण्ड टेवल कार्यक्रम संचालन गर्ने मेला संयोजक चिनु गुरुङ्गले जानकारी दिनुभयो । उहाका अनुसार मेलामा सहभागी सवैलाई दर संस्कृतीको वारेमा जानकारी दिने कार्यक्रम समेत रहेको छ ।
कार्यक्रम सम्पन्न गर्न करिव १२ लाख खर्च हुने छ भने सहभागी समुहलाई निशुल्क टिम दर्ताको आव्हान पनि गरिएको छ ।
गत वर्ष भन्दा यस वर्ष स्कुल स्तरमा तीज सस्कुतीको वारेमा जानकारी दिन विशेष गरि स्कुले विद्यार्थीका समुहलाई पनि समावेश गर्ने योजना अनुसारक काम भईरहेको कार्यक्रमका सह संयोजक सरला त्रिपाठीले जानकारी दिनुभयो

Advertisement
Advertisement

Advertisement