Wednesday, July 29

नेपालमा मनसुन भित्रिएयता भएका विपदका घटनाबाट अहिलेसम्म १९३ जनाको मृत्यु

नेपालअखबार, काठमाडौं । नेपालमा मनसुन भित्रिएयता भएका विपदका घटनाबाट अहिलेसम्म १९३ जनाको मृत्यु भएको छ।

Advertisement

बिहीबार बिहान ८ बजेसम्मको विवरणअनुसार अविरल वर्षा, पहिरो, चट्याङ तथा बाढीका कारण १९३ जनाको मृत्यु भएको छ।

Advertisement
Advertisement

यो विवरण नेपालमा मनसुन भित्रिएको समय अर्थात् गत जेठ २८ गते यताको हो।

Advertisement

बाढीकै कारणले मात्रै ५० जनाले, पहिरोले २२ जनाले, अविरल वर्षाका कारण एक जना र चट्याङले लागेर १५ जनाको मृत्यु भएको हो।

यसरी ज्यान गुमाउनेहरूमा सबैभन्दा धेरै पुरूष छन्। पुरूष ८२, महिला ५५, बालक २१ र बालिका ३५ जनाको मृत्यु भएको प्रधान कार्यालयले जनाएको छ।

दुई महिनाको अवधिमा भएको विभिन्न प्रकारका विपदका घटनाबाट २४६ जना घाइते भएका छन्।  जसमध्ये १०९ जना पुरूष घाइते छन्। ७६ जना महिला, २१ जना बालक र ३० जना बालिका घाइते छन्। त्यस्तै विपदका घटनामा परी ४९ जना मानिसहरू बेपत्ता छन्। बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ।  गत असार २८ गते चितवनको मुग्लिन सडकखण्डमा भरतपुर महानगरपालिका-२९ सिमलतालमा खसेको दुई वटा बसमा सवार ४२ जना अझै बेपत्ता छन्। त्यहाँ बेपत्ता भएकामध्ये २४ वटा शव फेला परेको थियो। २० जनाको सनाखत भई परिवारले बुझिसकेका छन् भने ४ जनाको सनाखत हुन बाँकी छ।

मानवीय क्षतिसँगै चौपाया र भौतिक संरचनामा समेत क्षति पुगेको छ।

चौपाया मात्रै ८७५ वटा, ३३९ वटा घर, ११९ वटा गोठमा क्षति र १२२१ वटा घर विस्थापित भएका छन्।

५ वटा विद्‍यालय, ५१ वटा पुल र दुई वटा सरकारी कार्यालयमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ।

नेपाल प्रहरीका अनुसार पछिल्लो २४ घण्टामा चार जना मानिस घाइते भएका छन्। ६ वटा घर र ३ वटा गोठमा क्षति पुगेको छ भने ३१ परिवार विस्थापित भएका छन्।