
नेपालअखबार, पाेखरा। पाेखरामा लागू औषध किनचवेचमा फार्मेसी संचालक सहित २ जना मानिस पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलिले जिल्ला कास्की पोखरा महानगपरालिका वडा नं. ९ नयाँबजार स्थित शंकास्पद अवस्थामा वर्ष २७ का बिजय पोख्रेललाई फेला पारी निजको शरिर रितपुर्बक खानतलासी गर्दा निजले भिरेको झोलामा लागू औषध Tapentadol Hydrochloride Capsules लेखेको ट्याब्लेट १२० चक्की फेला परेको छ । प्रहरीले पोख्रेललाई सोधपुछ गर्दा महानगपरालिका वडा नं. ९ नयाबजार स्थितमा रहेको बिभुती फार्मेसीबाट खरिद गरेको जानकारी दिएका थिए । सो फार्मेसीमा समेत रितपुर्बक खानतलासी गर्दा Tapentadol Hydrochloride Capsules लेखेको ट्याव्लेट ९० चक्की बरामद भएकोले उक्त फार्मेसी संचालक ४८ को केदार अधिकारी समेतलाई पक्राउ गरिएकाे वडा प्रहरी कार्यालय बैदामले जानकारी गराएकाे छ ।
सम्मानित कास्की जिल्ला अदालतबाट लागू औषध मुद्दामा केदार अधिकारीलाई ९ दिन र बिजय पोख्रेललाई
१० दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको छ ।


