Thursday, July 30

सेती नदी कटानले सतीघाट पुग्न समस्या

नेपालअखबार, पोखरा । सेती नदीको कटानका कारण पोखरा महानगरपालिका–३२ स्थित सतीघाटमा बाटो भत्कँदा समस्या भएको छ । परापूर्वकालदेखि तल्लो गगनगौडा, लामेआहाल, कालिकानगर, मजुवा र आसपासका व्यक्तिको अन्तिम संस्कार गरिने घाटमा पुग्ने  बाटो सेती नदीको कटानसँगै भत्केपछि समस्या भएको हो ।

Advertisement

घाटसम्मको बाटोलाई विगत दुुई वर्षयता लगातार रुपमा बजेट विनियोजनगरी ढलान गरिएको भए पनि नदीको कटानका कारण बाटो नै भत्कँदा त्यहाँबाट आवतजावत पूर्ण रुपमा अवरुद्ध भएको पोखरा महानगरपालिकाका वडाध्यक्ष अक्कलबहादुर कार्कीले बताए ।

Advertisement
Advertisement

“घाटसम्मको बाटो ढलानका लागि यसअघिका दुुई आर्थिक वर्षमा क्रमशः १५ लाख र २३ लाख रुपैयाँ बजेट विनियोजन भई काम भएको थियो”, उनले भने, “नदी कटानले बाटोको धेरै भाग भत्किएको छ ।” वडामा बाढी नियन्त्रणका लागि रु ७० लाख  बजेट विनियोजन भए पनि उक्त रकमले त्यहाँको समस्या समाधान गर्न असम्भव भएको बताउँदै उनले घाटसम्मको आवतजावत सहज बनाउन धेरै रकम चाहिने जानकारी दिए ।

Advertisement