Friday, July 31

ड्युटीमा खटिएका सहायक हवल्दारको निधन

नेपालअखबार, सङ्खुवासभा। ड्युटी गर्दागर्दै अचानक बेहोस भएका मंगलबारे प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक हवल्दार पुरुषोत्तम निरौलाको निधन भएको छ।

Advertisement

मादी नगरपालिका–२ मा ड्युटी गर्ने क्रममा बेहोस भएका निरौलालाई तेह्रथुमको बसन्तपुरमा रहेको स्वास्थ्य चौकीमा शनिबार साँझ मृत घोषणा गरिएको थियो।

Advertisement
Advertisement

जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डिएसपी घनश्याम श्रेष्ठका अनुसार शनिबार ड्युटी गर्दागर्दै निरौला एक्कासि लडेर बेहोस भएको थियो।

Advertisement

मृतकको शव परीक्षण आज धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञानमा गरिनेछ। शव परीक्षणपछि निरौलाको घर सोलुखुम्बु लगेर परिवारलाई शव बुझाइने डिएसपी श्रेष्ठले बताए।