Wednesday, August 5

आज पनि एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक, पदाधिकारी चयनबारे छलफल

नेपालअखबार,  काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक सोमबार पनि बस्दैछ। थापागाउँस्थित अर्पण बैंक्वेटमा बस्ने बैठकमा पदाधिकारी चयनबारे छलफल हुनेछ।

Advertisement

एकीकृत समाजवादीमा पदाधिकारी चयन सहमतिबाटै गर्ने कि चुनावै गराउने भन्ने छलफल छ।

Advertisement
Advertisement

केही नेताहरूले नेतृत्व सहमतिबाट टुंग्याएकाले बाँकी पदाधिकारी पनि सर्वसम्मत नै टुंग्याउनुपर्ने राय राखेका छन्।

Advertisement

तर पदाधिकारीको आकांक्षी धेरै भएकाले चुनाव नै उत्तम विधि हुन सक्ने तर्क पनि केही नेताहरूको छ।

यसबारे सोमबार प्रदेशका पदाधिकारीसँग राय लिइने एकीकृत समाजवादीले बताएको छ। एकीकृत समाजवादीमा १ अध्यक्ष, १ सम्मानित नेता, वरिष्ठसहित ७ उपाध्यक्ष, १ महासचिव, ४ उपमहासचिव, ७ सचिव रहने व्यवस्था छ।

जसमा अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भूसाल महाधिवेशनको हलबाट निर्वाचित भएका थिए। बाँकी १८ सदस्य पदाधिकारी चयन गर्नुपर्नेछ।