Monday, August 3

आइपुगे ओमानका विदेश मन्त्री

नेपालअखबार, काठमाडौं। ओमानका विदेश मन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदी दुई दिने औपचारिक भ्रमणका लागि नेपाल आइपुगेका छन्।

Advertisement

सोमबार अपराह्न उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गरेकी हुन्।

Advertisement
Advertisement

उनी परराष्ट्र मन्त्री आरजु राणा देउवाको निमन्त्रणामा नेपाल भ्रमणमा आएका हुन्।

Advertisement

भ्रमणका दौरान दुवै देशका विदेश मन्त्रीहरूबीच नेपाल–ओमान सम्बन्धलाई थप प्रगाढ बनाउने र अन्य विविध विषयमा द्विपक्षीय भेटवार्ता तथा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

ओमानका विदेशमन्त्रीले भ्रमणका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टचार भेट गर्ने बताइएको छ। उनी भोलि काठमाडौंबाट प्रस्थान गर्ने  कार्यतालिका छ।