Sunday, August 2

आज प्रतिनिधि सभाको बैठक बस्दै

नेपालअखबार,काठमाडौं । प्रतिनिधि सभाको बैठक मंगलबार बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ।

Advertisement

त्यस्तै प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले प्रतिनिधि सभामा उत्पति भएको  बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी गराउनेछन्।

Advertisement
Advertisement

यसैबीच आज सांसदले उठाएका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूची छ। त्यसक्रममा स्वास्थ्य तथा जनसंख्या; वन तथा वातावरण; र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिनेछन्।

Advertisement

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ माथी विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विसं २०५६ सालमा सर्लाही जिल्ला क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा पूर्वभूमिसुधार तथा व्यवस्था राज्यमन्त्री रामचन्द्र राय यादवको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची पनि छ।