
नेपालअखबार, काठमाडौं । नेकपा एकीकृत समाजवादीको पदाधिकारीको मतगणनाको परिणाम सार्वजनिक छ।
अन्तिम परिणाम अनुसार उपाध्यक्षमा डा. गंगालाल तुलाधर १८९, जगन्नाथ खतिवडा १५१, प्रकाश ज्वाला १४५ र भानुभक्त जोशी १५६ मतले विजयी भएका छन् ।
महिला उपाध्यक्षमा जयन्ती राई विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी रामकुमारी झाँक्री पराजित भइन् । राईले १८९ मत पाउँदा झाँक्रीले ११२ मत पाइन् । यस्तै मधेशी कलस्टरमा धर्मनाथ प्रसाद शाह विजयी भएका छन् । उनले १६४ मत पाउँदा रामचन्द्र झाले १४४ मत पाए ।
नेकपा एकीकृत समाजवादीको सचिवमा कास्कीका श्रीनाथ बराल विजयी भएका छन्। समाजवादीको ५ सचिवमा बरालसहितका नेताहरु विजयी भएका हुन्। नेता बराल १०७ मतसहित विजयी हुँदा शेरबहादुर कुँवर १५३, चन्द्रबुदार शाही ९१, सोमप्रसाद पाण्डे १४१ र सावित्री कुमारी भुसाल १०६ मत पाएर विजयी भएको निर्वाचन समितीले जनाएको छ । सचिवमा दलित समुदायबाट गणेशबहादुर विश्वकर्मा १८० मतले र अादिवासि समुदायबाट बलदेब चौधरी १७५ मतले बिजयी भएका छन् ।




