Thursday, July 30

नागढुंगा आमा समूहको तीज कार्यक्रम : मनुमायालाई जेष्ठ नागरिक सम्मान, तीज नृत्यमा सवनम प्रथम

नेपालअखबार, पोखरा। ‘एकता, सहकार्यसँगै मनोरञ्जन, संस्कृती जगेडा हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ पोखराको नागढुंगा आमा समूहले रमाइलो तीज तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा भएको तीजे सांस्कृतिक नृत्य प्रतियोगितामा सवनम अधिकारीले प्रथम, शान्ता बस्नेतले द्वितीय तथा सेन्सिका गिरीले तृतीय स्थान हासिल गरे । उनीहरुलाई नगद सहित पुरस्कृत गरियो ।

Advertisement

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर ९ का वडा सदस्य गीता चर्मकार, अर्का वडा सदस्य तथा कार्यक्रमका विशेष अतिथि भावना श्रेष्ठ, आयोजक नागढुंगा आमा समूहका अध्यक्ष कमला केसी, उपाध्यक्ष कमला श्रेष्ठ, संस्थापक अध्यक्ष पवित्र गिरी लगायतले विजयीहरुलाई पुरस्कृत गरे । समूहले हरेक वर्ष प्रदान गर्दै आएको समूहका जेष्ठ नागरिक सदस्य सम्मानबाट मनुमाया लामिछाने सम्मानित हुनुभयो । उहाँलाई प्रमुख अतिथि, विशेष अतिथि लगायत अतिथिहरूले दोसल्ला सहित सम्मान–पत्रले सम्मानित गरे ।

Advertisement
Advertisement

सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि गीता चर्माकारले तीजका अवसरमा आयोजना गरिने कार्यक्रम मौलिक हुनुपर्नेमा जोड दिनुभयो । समूहका अध्यक्ष कमला केसीले समूहले विगतका वर्षहरूदेखि नै परम्परागत संस्कृती जोगाउनका लागि यस्तो कार्यक्रम गर्दै आएको बताउनुभयो ।

Advertisement

कार्यक्रममा महिला सञ्जाल वडा ९ का उपाध्यक्ष सरिता बास्तोला, संस्थाका संस्थापक अध्यक्ष पवित्रा गिरी, निवर्तमान अध्यक्ष लक्ष्मी गिरी, चण्डिका आमा समूहका अध्यक्ष सीता नेपाली, शान्तिघाट आमा समूहका अध्यक्ष सरस्वती श्रेष्ठ, नागढुंगा टोल विकास संस्थाका सचिव विष्णु सुवेदी, नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका कोषाध्यक्ष तथा महिला नेत्री उमा ठकुरी लगायतले शुभकामना मन्तव्य राखेका थिए । समूहका सचिव सीमा लामिछानेले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष कमला श्रेष्ठले कार्यक्रमका बारेमा प्रकाश पार्दै स्वागत मन्तव्य राख्नुभएको थियो ।