Saturday, July 18

बाँके बस दुर्घटनामा मृतकको संख्या तीन पुग्यो

नेपालअखबार, बाँके। बाँके बस दुर्घटनामा मृतकको संख्या तीन पुग्यो  । बाँकेमा भएको बस दुर्घटनाका घाइतेमध्ये थप एक जनाको मृत्यु भएको छ।

Advertisement

घाइतेमध्ये दाङ घोराहीका ३० वर्षीय विमल राईको मृत्यु भएको हो। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा राईको मृत्यु भएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायणले  बताए।

Advertisement
Advertisement

बसका सहचालक दाङ तुलसीपुर उपमहानगरपािलका–६ का २४ वर्षीय सन्तोष भुसाल र बसमा सवार तुलसीपुर–६ कै ६० वर्षीय मानबहादुर वलीको यसअघि मृत्यु भएको थियो।

Advertisement

अन्य घाइतेमध्ये २१ जनाको नेपालगन्जस्थित भेरी अस्पतालमा, ४ जनाको कोहलपुर मेडिकल कलेजमा उपचार जारी छ। घाइतेमध्ये नेपालगन्जस्थित नर्सिङ होममा उपचारपछि एक जना डिस्चार्ज भएका छन्।

दाङको तुलसीपुबाट नेपालगन्जतर्फ जाँदै गरेको  भे १ ख २१२८ नम्बरको बस जानकी गाउँपालिका–६ कोठारपुरमा अनियन्त्रित भई बिहान सवा ११ बजेतिर सडकखण्डमै पल्टिएको थियो।

कोहलपुर–नेपालगन्ज सडक खण्डमा तीव्र गतिको बसका अगाडिका पट्टा एकाएक भाँचिएपछि बस अनियन्त्रित भई खण्डमै पल्टिएको भन्ने कुरा प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी डाँगीले बताए।

बस चालक  प्रहरी नियन्त्रणमा छन्।