Sunday, August 2

प्रतिनिधि सभाको बैठक बस्दै

नेपालअखबार, काठमाडौँ । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ। दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सनाउने छन्।

Advertisement

त्यस्तै आजै सहरी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र खानेपानी मन्त्रालयसम्बन्धी सांसदहरूले उठाएको मौखिक प्रश्नहको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ।

Advertisement
Advertisement

सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानविन विशष्ो समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले समितिको कार्यावधि थपसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नेछन्। विशेष समितिलाई यससघि  ३ महिना समयावधि दिइएकामा अब १५ दिन थप्ने तयारी छ।

Advertisement

यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका माननीय सभापति अम्मर बहादुर थापाले राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक सम्बन्धी समितिको प्रतिवेदन र सावर्जनिक सेवा प्रशारण विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेश गर्ने कार्यसूची छ।

उपप्रधानमन्त्री एवम् अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। यसैगरी अर्थमन्त्री पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।