Tuesday, November 4

ललितपुरको च्यासलबाट बागमतीमा हामफालेकी युवतीको शव मकवानपुरमा भेटियो

नेपालअखबार,  काठमाडौं। ललितपुर महानगरपालिका-९ च्यासलबाट बागमती नदीमा हामफालेकी युवतीको शव मकवानपुरमा भेटिएको छ।

Advertisement

१६ भदौको साँझ बागमती नदीमा हामफालेकी रुकुम घर भएकी युवती अन्जली शर्माको शव भेटिएको हो।

Advertisement

उनको शव मकवानपुरको बागमती गाउँपालिका–९ गैरिगंगास्थित बागमती नदी किनारमा भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए। मृतकका आफन्तले शव सनाखत समेत गरिसकेको उनले बताए ।

च्यासबाट बागमती नदीमा हामफालेकी युवती खोजी गर्ने क्रममा पुलमुनि अन्जली शर्मा, घर रुकुम मुसिकोट लेखिएको नोटसहितको झोला र मोबाइल भेटिएको थियो।